

नगदसहित पर्वतमा ४ जुवाडे पक्राउ

पर्वत – जलजला गाउँपालिका-३ वारीबेनीबाट ६० हजार एक सय ८५ रुपैयाँसहित चार जना जुवाडे पक्राउ परेका छन् । पर्वत प्रहरीका अनुसार उनीहरुलाई विशेष सुराकीका आधारमा सोमबार दिउँसो पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–४ का महेश राई, तेह्रथुमको लालिगुराँस गाउँपालिका–६ का सरोज थापामगर, पर्वतकै जलजला-३ का रामबहादुर पुन र विकास श्रेष्ठ छन् । चाडबाडको बेला जुवातास खेलेर सामाजिक रीतिरिवाजमा दख्खल पुर्याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई तासमा हार-जितको खेल खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीले दिएको विशेष सुराकीको आधारमा सूचना प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई सोमबार नै जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक ५ दिनको मिति थपेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

