वालिङमा जिप दुर्घटना, २ को मृत्यु, एकै गाउँका १७ घाइते


वालिङ – स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना हुँदा जीपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको हो ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिपमा १९ जना सवार जिप दुर्घटनामा घाइते हुनेहरु धेरैजसो गल्याङ– १० का बासिन्दा छन् । मध्यम घाइते भएका ६ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ भने सामान्य घाइते भएकाहरूको गह्रौं प्राथमिक अस्पताल वालिङमै उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

चालकको अवस्था सामान्य छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया