रामकुमारी झाँक्री बन्ने भइन् शहरी विकास मन्त्री


काठमाडौं – नेकपा एकीकृत समाजवादीकी नेतृ अन्ततः शहरी विकास मन्त्री बन्ने भएकी छिन् । यसअघि स्वास्थ्यमन्त्री बन्ने समाचार आइरहेको थियो । त्यसपछि फेरी पर्यटन मन्त्री बन्ने निश्चित भएको भनिएकोमा उनलाई समाजवादी पार्टीले शहरी विकास मन्त्री बनाउने भएको छ ।

पार्टीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङलाई सरकारमा पठाउने भएको छ ।

बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया