एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई


काठमाडौं – नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।

सरकारमा एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भैसके पनि मन्त्रालय टुंगो लाग्न बाकी नै रहेको छ ।

प्रतिक्रिया