एमालेको प्रस्तावित नयाँ विधान, बरिष्ठ नेता र उपमहासचिव खारेज


काठमाडौं– नेकपा एमालेको नयाँ विधानमा बरिष्ठ नेता र उपमहासचिव हटाउने प्रस्ताव गरिएको छ। शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनमा ५ जना उपाध्यक्ष र ६ जना सचिवको प्रस्ताव गरिएको छ। एक अध्यक्ष र एक महासचिवसहित पदाधिकारीका निम्ति यो संरचना प्रस्ताव गरिएको हो।

अध्यक्षपछिको बरिष्ठतामा रहने निवर्तमान अध्यक्षको बरिष्ठ नेता भन्ने पद हटाइएको छ भने उपमहासचिव पनि नरहने प्रस्ताव गरिएको हो।

यसअघि केन्द्रीय कमिटीको बैठकमा तीन उपाध्यक्ष र ७ सचिव प्रस्ताव गरिने चर्चा थियो। २१२ जना केन्द्रीय सदस्यसहित २२५ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ।

प्रतिक्रिया