दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य


बैतडी – दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ ।

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया