म माओले जस्तो पार्टीको उत्ताधिकारी घोषणा गर्दिन: प्रचण्ड


काठमाडौ- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको उत्ताधिकारी अहिले घोषणा नगर्ने बताएका छन्।

विहिबार राजधानीमा अखिल क्रान्तिकारीको सम्मेलनमा सम्बोधनका क्रममा आफूले पार्टीमा उत्ताधिकारी नदेखेको प्रचण्डले बताए। पहिला उत्ताधिकारी घोषणा गर्दा लिनप्याओले माओत्सेतुङलाई गोली हान्न हिडेको उदाहरण दिदै उनले त्यो गल्ती नगर्ने बताएका हुन्।

अझै पनि क्रान्तिका लागि आफैले एकपटक नेतृत्व लिने बताएका उनले अहिलेको निर्वाचन प्रणाली गलत रहेकाले पूर्ण समानुपातिक हुनुपर्ने जिकिर गरे।

०६४ सालमा जस्तो माओवादेको आतंक नभै अहिले एमाले र केपी शर्मा ओलीको आतंक रहेको बताउदै उनले एक पटक क्रान्ति आवश्यक रहेको जिकिर गरे। क्रान्तिकारेले नयाँ नेतृत्व छान्ने गरि सम्मेलन सुरु गरेको हो।

प्रतिक्रिया