युट्युबबाट यसरी गर्नुहाेस् भिडियो डाउनलोड


काठमाडौं – युट्युबमा अहिले मानिसहरुले धेरै समय बिताउने गरेका छन् । युट्युबमा विभिन्न भिडियोहरु हेर्न सकिन्छ । तर कुनै भिडियो वा एमपी मनपर्‍यो भने सेभ वा डाउनलोडको अप्सन हुँदैन ।

त्यस्तो अवस्थामा कसरी भिडियो डाउनलोड गर्ने त ? यदि तपाईं कुनै पनि भिडियोमा रहेको अडियो अलग गरेर सुन्न चाहनुहुन्छ भने त्यसलाई एमपी थ्रीमा कन्भर्ट गर्न सक्नुहुन्छ । यसका लागि केही वेबसाइट छन् जसको सहयोगमा तपाईंले युट्युबमा रहेका भिडियोबाट अडियो अलग गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

यस्तो छ तरिका :

वाईटीडी भिडियो डाउनलोडर:
वाईटीडी भिडियो डाउनलोडर एक भिडियो डाउनलोड गर्ने वेबसाइट हो जसबाट तपाईले भिडियो डाउनलोड गर्न सक्नु हुन्छ ।
वाईटीडी भिडियो डाउनलोडर वेबसाइट खोलेपछि आफूले चाहेको भिडियोको युट्युब लिङ्क त्याहा लगेर पेस्ट गर्नुहोस् । त्यसपछि भिडियो डाउनलोड गर्नुहोस् ।

फोरके भिडियो डाउनलोडर:
फोरके भिडियो डाउनलोडर पनि वाईटीडी भिडियो डाउनलोडर जस्तै वेबसाइट हो । फोरके भिडियो डाउनलोडरबाट तपाईले युट्युबको मात्र नभई फेसबुक, इन्स्टाग्रामको भिडियो पनि डाउनलोड गर्न सकिन्छ ।

डाउनलोड गर्न फोरके भिडियो डाउनलोडर एप खोल्नुहोस् र एड भिडियो लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यो प्रक्रिया पुरा भएसँगै तपाईंले ‘शो इन’ फोल्डरमा जानुहोस् । त्यहाँ तपाईंले आफूले चाहेको भिडियोको युट्युब लिङ्क त्याहा लगेर पेस्ट गर्नुहोस् । त्यसपछि भिडियो डाउनलोड गर्नुहोस् ।

प्रतिक्रिया