सेयर बजारकाे ओराली यात्रा जारी, आज ७० अंकको गिरावट


काठमाडौं – साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो। आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो।

आज १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।  यस्तै आज पनि सबै समूह घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४३१.९१ अंकले घटेको छ।

शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ । धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।

प्रतिक्रिया