माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ।

हिजो (सोमबार) को बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो। मंगलबार सोही निर्णय अनुसार गर्नुपर्ने सांगठानिक कामबारे छलफल हुनेछ बताइउको छ।

सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय भने यथावत् राखेको छ।

प्रतिक्रिया