खेल्ने क्रममा पानीमा डुबेर ४ जनाकाे मृत्यु


बर्दिया – बारबर्दिया नगरपालिका-९ बनगाईस्थित बवई सिंचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय विशाल थारु र २१ वर्षीय सुरेश थारुको शनिबार दिउँसो मृत्यु भएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोल बस्ने महान्द शरदारको छोरा अन्दाजी २ वर्षीय राम पुकार शरदारको  आफ्नै घर पछाडी रहेको पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित पोखरीमा डुबेर काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने धादिङ घर भएकी  मनिका बोहोराको छोरा ४ वर्षीय अमन बोहोराको शनिबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको सुमेरु अस्पताल धापाखेलमा उपचारको  क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया