ईपीएल क्रिकेटः चितवनद्वारा विराटनगर २ विकेटले पराजित


काठमाडौं – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी—ट्वान्टी क्रिकेटमा २ विकेटको जित हात पारेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगर वारिवर्सलाई पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन  तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।

विराटनगरका सिकन्दर राजा र करण केसीले २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सुन्य रनमा अविजित रहे। विराटनगरका रायन पाठनले ४,  चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् ।

चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।

प्रतिक्रिया