एमालेले उम्मेदवार बनाए प्रचण्डविरुद्ध चुनावी मैदानमा उत्रिने बादलको उद्घोष


काठमाडौं– नेकपा एमालेका नेता रामबहादुर थापा बादलले पार्टीले उम्मेदवार बनाए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध चुनावी मैदानमा उत्रिने उद्घोष गरेका छन्।

शुत्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा बादलले भने,‘पार्टीले उम्मेदवार बनाएको खण्डमा म प्रचण्डविरुद्ध चुनावी मोर्चामा उत्रिनेछु।’

प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ हो। बादलको पनि गृह जिल्ला रहेको चितवनामा हाइप्रोफाइल राजनीतिक भिडन्त हुने सम्भावना देखिएको छ। बादलको यो उद्घोष विहीबार प्रचण्डले उनीमाथि गरेको कटाक्षको प्रतिक्रियाका रुपमा आएको कतिपयले बुझेका छन्।

प्रतिक्रिया