आईपीएल क्रिकेटः आज चेन्नई र बेङ्ग्लाेर भिड्ने


काठमाडाैं – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लाेर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ ।

चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहाेरेकाे छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

८ खेलमा ५ मा जित र तीनमा हार बेहाेरेकाे बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया