आफ्नै बच्चा मारेको अभियोगमा मलेसियामा नेपाली महिला पक्राउ, प्रेमी फरार


काठमाडौं – मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ ।

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो ।

कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ ।

तर परिचय खुलाइएको छैन । उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया