माधव नेपालको साथ छाडेका नेताहरू एमालेमा धेरै टिक्दैनन् : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको साथ छाडेका घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु एमालेमा धेरै नटिक्ने बताएका छन् ।

बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । कार्यक्रममा दाहालले भने ‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने ।

उनले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताउँदै भने ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन’ उनले भने, ‘तपाईंहरु पनि ‘।ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।

प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे । ‘किरणजी विप्लवजी, मोहनबिक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तर्क्रिया बढाएर लैजानुहोला । हामीले केन्द्रमा बढाइरहेका छौं’ उनले भने ।

प्रतिक्रिया