१० नेपालीले पाए अमेरिकामा अवार्ड


अमेरिका – अमेरिकामा एक कार्यक्रममा १० नेपालीले विभिन्न १५ विधामा अवार्ड हासिल गरेका छन्। अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिब ५ हजार बीमा अभिकर्ताहरुका बिच विभिन्न फरक विधामा १० नेपालीले अवार्ड पाएका हुन्।

बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो। बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गर्नेमा बिभिन्न राज्यबाट रहेका छन्। नेपाली समुदायबाट अवार्ड पाउनेमा गगन केसी, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन्। करिब २० विधामा १५० बढीले अवार्ड पाएका छन्।

अमेरिकामा नेपाली समुदायले कसैको मृत्यु हुँदा समेतमा गो फण्ड खोल्नु भन्दा सानोतिनो प्रिमियम तिरेर आफ्नो र परिवारका लागि सहज वनाउन उत्तम हुने र सोहि कुराको हाम्रो समुदायमा बुझाउन सकिएकाले अवार्ड प्राप्त गर्न सफल भएको अवार्ड पाउने मध्येका एक गगन केसीको भनाइ रहेको छ।

प्रतिक्रिया