एमसीसीबारे सहमति गर्न आवश्यक : डा. शेखर कोइराला


विराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताएका हुन् ।

एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताए ।

‘संविधान माथि एमसीसीको कानुन लागु हुदैन होला, हामीले बुझाउन सक्नुपर्‍यो, नेताहरुले बुझाउनुपर्‍यो’ उनले भने,’ पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदाखेरि एमसीसी पास गर्नुपर्छ भन्नुहुन्छ । एग्रिमेन्ट गराउनुहुन्छ, प्रधानमन्त्रीबाट निस्किएपछि गर्नुहुँदैन भन्नुहुन्छ । यस्तो कुराले नेपाललाई अप्ठेरो पर्छ ।’

 

प्रतिक्रिया