आजदेखि ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ शुरु


काठमाडौं – ठूला चाडपर्व नजिकिएसँगै टीभीएस मोटसाइकलले ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ योजना शुरु गरेको छ। चाडपर्व विशेष मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै टीभीएसका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सले मोटरसाइकलमा बम्पर छुटसँगै नगद उपहार र एक्सचेन्ज सुविधा समेत ल्याएको हो ।

कम्पनीका अनुसार उक्त योजनामा मोटरसाइकल खरिद गर्ने तथा एक्सचेन्ज गर्ने ग्राहकले डाउन पेमेन्ट नै गर्नुनपर्ने जनाएको छ । पुरानो मोटरसाइकलको एक्सचेन्जमा ग्राहकले मूल्याङ्कन गरेभन्दा पनि १० हजार बढी पाउने र डाउन पेमेन्ट पनि गर्नु नपर्ने जनाएको हो । यस्तोमा थप ग्राहकले मासिक किस्ता बापत शुन्य प्रतिशत ब्याजदरको सुविधामा मासिक मात्र ५ हजार ९९९ रुपैयाँ किस्ता तिरे हुने जनाएको छ ।

जुनसुकै अवस्थाको मोटरसाइकल एक्स्चेन्जमा ल्याउने ग्राहकले टीभीएसको मोटरसाइकल वा स्कुटर जे किन्न चाहेपनि डाउन पेमेन्ट वापत रकम थप गर्न नपर्ने जगदम्बा मोटर्सले बताएको छ । कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल दिने जनाएको छ ।

साथै,कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस,दशैं स्कीमको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था समेत मिलाएको छ ।

प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार समेत जित्ने मौका पाउने कम्पनीको भनाई छ । हाल टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ भने पछिल्लो समय कम्पनीले नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गरि मोटरसाइकलको उत्पादन गर्ने चरणमा रहेको छ ।

प्रतिक्रिया