तनहुँमा असोज १२ गतेसम्मका लागि निषेधाज्ञा थप


तनहुँ – जिल्ला संकट व्यवस्थापन केन्द्रले जारी निषेधाज्ञा थप गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको अध्यक्षतामा बसेको बैठकले असोज १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड-१९ को संक्रमण कम नभएको भन्दै निषेधाज्ञा थप गरिएको बरालले जानकारी दिए । अझै पनि जिल्लामा जोखिम कायमै रहेकाले भौतिक रूपमा उपस्थित भइ गरिने सभा, सम्मेलन, जात्रा तथा महोत्सव सञ्चालन गर्न प्रसासनले रोक लगाएको छ ।

तर, कानुन बमोजिम गर्नुपर्ने सभा, सम्मेलन तथा अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्य पालना गर्ने गरी केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया