जनताको आर्थिक समृद्धि भए मात्र कर्णालीको विकास हुन्छ : मुख्यमन्त्री शाही


सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका छन् ।

कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ नेपालको प्राविधिक सहयोगमा वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य सप्‍ताह कार्यक्रम २०७८ को समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका हुन्।

मुख्यमन्त्री शाहीले कर्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न बनाइ आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक,सिञ्चाई, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताए ।

कर्णाली प्रदेशको समग्र विकासका लागि सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको जानकारी दिँदै शाहीले प्रदेशको विकासमा योगदान पुर्७शधवसयाउन आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । जनताको आर्थिक समृद्धि नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया