कर्णाली: कांग्रेसका चार मन्त्री नियुक्त हुँदै


काठमाडौं – कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्री सहभागी हुने भएको छन् ।

सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा रहेका छन् ।

स्रोतका अनुसार उनीहरूको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइसकिएको छ ।

मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश प्रमुखलाई सिफारिस गरी आज दिउँसो २ बजेसम्म शपथ ग्रहण कार्यक्रम हुने छ ।

प्रतिक्रिया