
मलेसियामा नेपालीहरु विरुद्ध प्रहरीमा उजुरी
क्वालालम्पुर – कम्पनी छाडेर भागेका तीनजना नेपाली श्रमिकलाई मलेसियाको एक कम्पनीले प्रहरीचौकीमा उजुरी दर्ता गराएको छ। मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोट एण्ड एक्पोट को एसडिएन विएचडि कम्पनीमा कार्यरत नेपाली युवा श्रमिकहरु कृष्ण वहादुर वम्जन, अजबलाल राउत र कृति चौधरीको विरुद्धमा कम्पनीद्वारा रावाङ स्थित प्रहरीचौकीमा उजुरी दर्ता गरिएको छ।
तीन जना मध्य दुईजना क्रमशः कृष्ण वहादुर वम्जन र अजबलाल राउत चाहिँ नेपालको सर्लाही जिल्ला निवासी हुन भने एकजना कृति चौधरी चाहिँ उदयपुर जिल्ला निवासी रहेको पासपोर्टमा उल्लेख गरिएको ठेगानाबाट खुल्न आएको हो।
जानकारी अनुसार वैधानिक हुँदाहुँदै भागेर अन्यन्त्र गएकाले, बेपत्ता भएकाले यसरी जानकारी नै नदिई कम्पनी छाड्नेहरुको कारणले कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको बताए। मलेसियामा वैदेशिक रोजगारीको क्रममा आफू सुरुमा आएर काम गरेको रोजगारदाता, कम्पनी छाडेर भाग्ने नेपाली श्रमिकहरुको संख्या पनि उच्च रहेकाे छ ।
प्राय: जसो मलेसियामा कार्यरत नेपालीहरु रोजगारदाता कम्पनीले समयमा पारिश्रमिक नदिने , जथाभावी पारिश्रमिक कटौती गर्ने गरेको, मानसिक तनाव दिने गर्ने लगायतको अन्य विभिन्न बाहानामा दु:ख दिने गर्नाले कम्पनी छाडेर भाग्ने गरेका छ्न भने, कतिपय त रहर र साथीभाइको लहैलहैमा लागेर समेत कम्पनी छाडेर भाग्ने गरेको तथ्य पाइएको छ।
नियम अनुसार यदि कुनै श्रमिकले आफ्नो रोजगारदाता कम्पनी छाडेर अन्यत्र भागेको छ अथवा केही हराएको छ भने कम्पनीले बेलैमा मलेसियाको प्रहरीचौकीमा गएर रिपोर्ट गर्नु पर्ने हुन्छ तर कतिपय रोजगारदाता कम्पनीले त्यसो नगरेर यतिकै छोडी दिने गर्दछन भने कतिपय कम्पनीले प्रहरीचौकीमा गएर पुलिस रिपोर्ट गर्ने गर्दछन्।



कागजपत्र |
