प्रचण्ड राम्रा बा, असल ससुरा, गज्जब सम्धि तर बेइमान नेता हुन्ः ओली

‘माधव नेपालले वडा सदस्य पनि जित्दैनन्’


काठमाडौं– प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्। झापामा एमाले जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड राम्रा बा, असल ससुरा, गज्जब सम्धि हरेको तर बेइमान नेता रहेको टिप्पणी गरे।

‘प्रचण्ड तान्त्रिक जस्तो होकी होकी जस्तो टुना गर्न सक्ने क्षमता छ। एक पटक युवाहरुलाई भड्काएर पछि लगाए तर अहिले धोका दिए’, ओलीले भने,‘अहिले पनि उनका पछाडि भुलभुलैयामा लागेकालाई एमालेमा आउन आह्वान गर्छु।’

गौरमा २८ जना कार्यकर्ता हत्या गर्नेहरूसँग मिलेर राजनीतिक विजनेश चलाइरहेको प्रचण्डमाथि आरोप लगाएका ओलीले कटाक्ष गर्दै भने,‘अझै धम्की दिन्छन् के को धम्की हो? म आगो हुँ भनेका थिए मैले पनि पानी छम्किने ताकत छ भनिदिएँ।’

एमाले विभाजन गरेको भन्दै ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि पनि कटाक्ष गरेका छन्। माधवकुमार नेपाल र उनको पार्टीले वडा सदस्य समेत नजित्ने दाबी गरेका छन्।

‘प्रचण्डले कुरा बुझेछन्, वडा अध्यक्ष जित्न नि मुस्किल हुने भयो भने। माधव नेपालले त वडा सदस्य पनि जित्दैनन्’, उनले भने।

प्रतिक्रिया