
गोञ्जालोको निधनमा प्रचण्डकाे श्रद्धाञ्जली, क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेरुका कम्युनिष्ट पार्टीका नेता अबिमाइल गुजम्यान (गोञ्जालो) को निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले गुजम्यान वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पेरुमा सशस्त्र क्रान्ति थालेका गुजम्यानले आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन कारावासको सजाय भोग्दै आएका थिए ।
जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा उनको निधन भएको हो । दार्शनिक नेता मानिने गोञ्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।



कागजपत्र |
