
१८ वर्षीया एम्मा राडुकानुले जितिन यूएस ओपन
न्युयोर्क – इमा राडुकानुले आइतबार यूएस ओपन जितेकी छिन् । यससँगै महिला ग्रान्ड स्लाम उपाधिका लागि बेलायतको ४४ वर्ष लामो प्रतीक्षा सकिएको छ । उनले फाइनलमा लेलाह फर्नान्डेजलाई हराइन् ।

न्युयोर्कमा अविश्वसनीय यात्रा तय गर्ने क्रममा १८ वर्षीया राडुकानुले आफ्नी १९ वर्षीया प्रतिद्वन्द्वीलाई ६-४ र ६-३ ले हराइन् ।
सन् १९७७ मा अन्तिम पटक बेलायती खेलाडी भर्जिना वाडले ग्रान्ड स्लाम उपाधि जितेकी थिइन् । उनी आधुनिक टेनिस इतिहासमा क्वालिफायरका रूपमा ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी पनि भएकी छिन् । एजेन्सी



कागजपत्र |
