जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ गौरीटार बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा  थाहा नगरपालिका-६ बस्ने २१ वर्षीय डेनी भट्ट लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया