

काठमाडौं प्रशासनमा रिजालको स्वागत, पराजुलीको बिदाइ

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्दप्रसाद रिजाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा स्वागत गरिएको छ ।
सरकारले काठमाडौंका तत्कालिन सिडिओ कालीप्रसाद पराजुलीको स्थानमा रिजाललाई सरुवा गरेपछि रिजालले बुधबार स्वागत गरिएसँगै रिजालले जिम्मेवारी समेत लिएका हुन् ।
रिजाललाई निवर्तमान सिडिओ पराजुलीले स्वागत गरेको थिए । उक्त अवसरमा कार्यालयमा सिडिओ रिजालको स्वागत र पूर्वसिडिओ पराजुलीको बिदाई पनि गरिएको थियो ।

