

पछिल्लो २४ घण्टामा १६४० जनामा कोरोना पुष्टि, १० को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गरिँदा १६४० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन् ।

