एमालेको अवरोधपछि आजको राष्ट्रियसभा बैठक स्थगित


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठाउँदलै बैठक अवरुद्ध पारेका थिए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने एमालेले बताएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गरे । तर एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया