जसपाका अध्यक्ष डा.भट्टराई र अमेरिकी राजदूत र्‍याण्डीबीच भेटवार्ता


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ । एमसीसीलाई समर्थन गरेका डा। भट्टराई र राजदूत बेरीबीच आज बिहान भेटवार्ता भएको हो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तयारीमा रहेका बेला एमसीसीका पक्षमा समर्थन जुटाउने अभियानअन्तर्गत नै भट्टराई र बेरीबीच भेटवार्ता भएको हो । गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन ।

उक्त परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ ।

प्रतिक्रिया