

विश्वकपको युरोपियन छनोटः फ्रान्ससँग फिनल्याण्ड पराजित

काठमाडाैं – विश्वकपको युरोपियन छनोट अन्तरगतको खेलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि फ्रान्सले फिनल्याण्डलाई हराएको छ ।
खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । खेलको २५ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रन्सलाई अग्रता दिलाएका थिए ।
त्यस्तै, खेलको ५३ औं मिनेटमा फेरी ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् । जितसँगै फ्रान्स १२ अंक सहित समूह डीको शीर्ष स्थानमा उक्लिएको छ ।

