‘हुन्डाई फेस्टीभ डिलाइट २०७७’ विजेताले पाए गाडी


काठमाडौं – हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चाडवर्प स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी दुई जना विजेतालाई गाडी हस्तान्तरण गरेको छ ।

कम्पनीले ग्राहकहरु मध्येबाट ग्रान्डआई१० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरेको हो । कोभिड- १९ को दोस्रो लहरको कारण केही ढिलागरी भएको लक्की ड्रमार्फत विजेता चुनिएका थिए ।

साथै, इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ पनि ल्याएको छ। यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया