निर्माण कम्पनीको ढिलासुस्तीका कारण पाल्पामा शीत भण्डारको काम अलपत्र


पाल्पा – पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणाधीन शीत भण्डार अलपत्र परेको छ ।

निर्माण सम्झौता भएको ९ वर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो ।

४ करोड ९९ लाख लागत रहेको शीत भण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ ।

सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण कम्पनी बीच १८ महिना भित्र २ हजार टन क्षमताको शीत भण्डारको काम सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले कार्यान्वयन नगरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताएका छन्।

प्रतिक्रिया