

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा सरकारमा सहभागिताका विषय र सरकारको कामकारबाहीको विषयमा केन्द्रित रहेर छलफल गसिरएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

