पछिल्लो २४ घण्टामा २००४ जनामा संक्रमण पुष्टि, १६ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २००४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका परिक्षण केन्द्रहरुमा गरिएको १४ हजार ६ सय ५० परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ७ सयजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया