प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी (सूचीसहित)


काठमाडौं – नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

बिहीबार प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरुले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै सनाखत गराएका हुन् ।

नेकपा एकीकृत समाजवादीका पक्षमा एमालेका १३ सांसदले सनाखत गराउने भनिए पनि १० जना सांसद मात्र निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गरेका छन् । अन्य दुई जना मौसमको खराबीको कारण जनकपुरधाम आउन नसकेको नेता शत्रुधन महतोले जानकारी दिए ।

आज सनाखत गराउने सांसदहरु:

१) शत्रुधन महतो
२) अशोक यादव
३) प्रमोद यादव
४) मदनसेन श्रीवास्तव
५) नागेन्द्र यादव
६) गोविन्द न्यौपाने
७) रवीन्द्र बैठा
८) मञ्जु यादव
९) हसिना खातुन
१०) बेची लुङ्गेली
११) दिल्ली उप्रेती

प्रतिक्रिया