विवेकशील-साझामा केन्द्रीय सदस्यको कित्ताकाट, मिश्रको पक्षमा बहुमत


काठमाडौं – विवेकशील साझा पार्टीको केन्द्रिय समितिमा अध्यक्ष रवीन्द्र मिश्र बलियो अवस्थामा देखिएका छन् । आज अध्यक्ष र संयोजकले समानान्तर वैठक बोलाउँदा उनको पक्षमा स्पष्ट बहुमत देखिएको हो ।

वैचारिक विवादमा रुमल्लिएको सो पार्टीको बिहीबार डेढ घन्टाको अन्तरालमा मिश्र र संयोजक मिलन पाण्डेले समानान्तर भर्चुअल वैठक बोलाएका थिए । मिश्रले बोलाएको बैठकमा एक सय जनासम्म सहभागी भएको बुझिएको छ । पाण्डेले बोलाएको वैठकमा ४५ जनाले केन्द्रीय सदस्यले भाग लिएका छन् ।

विवेकशील साझाको केन्द्रीय समितिमा १ सय ३० जना छन् । बहुमतका लागि ६६ जना सदस्यको समर्थन आवश्यक पर्छ । आज केही केन्द्रीय सदस्यले दुवैतर्फको वैठकमा भाग लिएका थिए । उनीहरूको हिसाब नगर्दा पनि मिश्रको पक्षमा आरामदायी बहुमत देखिएको छ ।

तत्कालीन विवेकशील नेपाली र साझा पार्टी एकता भएर विवेकशील(साझा पार्टी बनेको हो । एकताका क्रममा दुवैतर्फबाट ६५/६५ जना राखेर १३० सदस्यीय केन्द्रीय समितिको गठन गरिएको थियो ।

प्रतिक्रिया