भारतमा दैनिक सङ्क्रमितको संख्यामा फेरि वृद्धि


नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको संख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । एउटै समयमा नयाँ सङ्क्रमितको संख्यामाभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यासमेतमा वृद्धि भएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ । मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८०२ रहेको छ ।

प्रतिक्रिया