बागमतीका एक दर्जन प्रदेश सांसदको एकीकृत समाजवादीमा सनाखत


काठमाडौं– बागमती प्रदेशका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। माधव नेपाल नेतृत्वको नवगठित पार्टीमा एमाले छाडेर जानेको संख्या १४ पुग्ने दाबी गरिएको छ।

तर निर्वाचन कार्यालयमा सनाखत गर्ने १२ जना पुगिसकेको र दुई जना विरामी रहेका कारण अनुपस्थित भएको बताइन्छ।

प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।

प्रतिक्रिया