वागमती प्रदेशका ११ सांसदले गरे नेकपा एसको पक्षमा सनाखत, शाक्य अल्पमतमा (सूचीसहित)


काठमाडौं – वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।

उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

एमालेका ५६ जनामध्ये ११ सांसदले नेकपा एस रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ ।

नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :

१) राजेन्द्र पाण्डे

२) मुनु सिग्देल

३) वसुन्धरा हुमागाईं

४) लक्ष्मण लम्साल

५) राजेन्द्रमान श्रेष्ठ

६) पार्वती सिलवाल

७) ईन्द्रमाया गुरुङ

८) माधव पौडेल

९) वसन्त मानन्धर

१०) रमा आले मगर

११)कुसुमकुमार कार्की

 

प्रतिक्रिया