धनगढीस्थित किनेको घरमा आरजुको गौरा पूजा (भिडिओ)


काठमाडौं– पतिको दिर्घ जीवनका लागि गरिने गौरा पूजाको अवसर पारेर प्रथम महिला तथा कांग्रेस नेत्री आरजु राणाले धनगढीस्थित घरको उपयोग गरेकी छन्।

सुदूरपश्चिम क्षेत्रमा खास मानिने उक्त पूजाको अवसर पारेर चुनावअघि किनेको घरलाई चोख्याउने काम समेत आरजुले गरेकी हुन्।

धार्मिक परम्परा र अनुष्ठानमा विश्वास राख्ने आरजुले घर किनेर कैलालीमा चुनाव लडेकी थिइन् तर उनी एमालेका नारदमुनी रानासँग पराजित भइन्।

प्रतिक्रिया