

टेकुस्थित महानगरीय प्रहरी परिसर नजिकै आगलागी

काटमाडौं – काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ ।
आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
एक निजी घरमा लागेको आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल मगाइएको छ । आगोलागीको कारण खुलेको छैन ।

