

राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

दाङ – दाडको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि कालोमोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दोषीलाई पक्राउ गरि जति सक्यो चाडो कारवाहीको माग गरेका छन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन जिल्ला संयोजक सर्जन परियार, सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेको आरोप लगाउँदै आएका छन् ।

