रियलमी ८ को नयाँ भेरियन्ट नेपाली बजारमा, यस्ताे छ फिचर र मुल्य


काठमाडौं – नेपाली बजारमा रियली ८ को नयाँ भेरियन्ट सार्वजनिक भएको छ । कम्पनीले आइतबार ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको रियलमी ८ नेपाली बजारमा भित्र्याएको हो । यसअघि बजारमा ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको स्मार्टफोन उपलब्ध थियो ।

६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकाे यस फाेनमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा दिइएकाे छ । यसमा प्राइमेरी सेन्सरकाे रुपमा ६४ एमपी क्यामेरा छ । साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहित चार क्यामेरा ट्रेन्डसेटिङका नयाँ फिचर छन् । त्यस्तै १६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् ।

यसमा सधैं डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन-डिस्प्ले सेन्सरको पनि प्रयोग गरिएकाे छ । डिस्प्लेमा १०८०पी फुल एचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिङ रेट प्रयोग भएको छ । त्यस्तै डिस्प्लेमा आँखाको सुरक्षाको लागि डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकर छ ।

फाेनमा ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ, जसले यसमा रहेको ५००० एमएएच ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्नसक्छ । व्याट्री ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्न सक्छ ।

यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचरहरू पनि छन् ।

यसबाट ओटीजी केवल मार्फत अन्य फोन र स्मार्ट डिभाइसलाई चार्ज गर्नसमेत सकिन्छ । यो फोन साइबर सिल्भर र साइबर ब्ल्याक कलरमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको याे फाेन ८ मिलिमिटर भन्दा कम मोटाइको छ ।

हेलियो जी९५ गेमिङ प्रोसेसर रहेकाे फाेनमा ए७५ कोर र ६ वटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड–कोर मालि–जी ७६ जीपीयूले गेम खेल्न थप क्षमतावान बनाउँछ । कपर लिक्विड कुलिङ्ग प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४% वृद्धि गरेको छ ।

नेपाली बजारमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य २७,१९९ रूपैयाँ रहेको छ । त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टकाे मूल्य ३५,९९० रूपैयाँ रहेको छ ।

प्रतिक्रिया