

राजनीतिक मैदानमा उत्रिन् मनिषा कोइराला
देवप्रकाश त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति घोषणा आज, अभिनेत्री श्वेता खड्का पनि आवद्ध!

काठमाडौं– अभिनेत्री मनिषा कोइराला राजनीतिक मैदानमा उत्रिएकी छन्। पत्रकार देवप्रकाश त्रिपाठी अध्यक्ष रहेको एकीकृत शक्ति नेपाल नामक पार्टीमा कोइराला बरिष्ठ नेत्री छिन्। उनको बरियता दोस्रो हो।
हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा सोमबार (आज) राजधानीमा एक कार्यक्रम गरी हुँदैछ। राजनीतिक दल घोषणासँगै निर्वाचन आयोगमा दर्ता गरिने बताइएको छ।
ढिलोचाँडो कोइराला राजनीतिमा आउने संकेत गरेकी थिइन्। जसबारे अनलाइनन्युजले समाचार प्रकाशन गरिसकेको थियो। कोइराला घोषणा सभामा भने उपस्थित हुने छैनन्। उनी फिल्मको सुटिङका लागि स्विटजरल्यान्डमा रहेका कारणले घोषणा सभामा हुने छैनन्।
उक्त पार्टीको केन्द्रीय तहमा अभिनेत्री श्वेता खड्का पनि आवद्ध रहने बताइएको छ। एलिस पार्टी प्यालेस नक्सालमा पार्टीको घोषणा हुनेछ।

