ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी छ – डा. भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सत्तामा जो कोही आए पनि कुर्सीको खेल जारी रहेको बताएका छन्।

भट्टराईले ज्ञानेन्द्र, ओली गए पनि कुर्सीको खेल जारी रहेन तर नागरिकका समस्या जहाँको त्यही रहेको बताएका हुन् । भट्टराईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको कुरालाई इङ्गित गर्दै यस्तो लेखेका हुन् ।

भट्टराइले सामाजीक संजाल ट्विटरमा स्टाटस पोष्ट गर्दै जो जाहा फेरिएपनि सत्ता र शक्तिको खेल अझै जारी रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ! भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ !जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ !’

 

प्रतिक्रिया