यस्ता झगडाले बनाउँछ पति पत्नीकाे सम्बन्ध प्रगाढ


काठमाडाैं – नेपाली समाजमा पुरानाे आख्यान छ नि- ‘श्रीमान-श्रीमतीकाे झगडा परालकाे आगाे’ । हामीमध्ये धेरैको जीवनसाथी या पति पत्नीसँग कुनै विषयमा विवाद/ झगडा हुनु समान्य कुरा हो । कतिपयले यसलाई नराम्रो रुपमा लिए पनि एक अध्ययनका अनुसार पति पत्नी वा भनाैं जीवनसाथीबीचको झगडाले सम्बन्धलाई थप मजबुद बनाउन सहयोग गर्छ ।

एक नयाँ अध्ययनले जीवनसाथीसँगको केही विषय वा कुरामा भएको झगडा वा वादविवादले सम्बन्ध थप मजबूद बनाउने छ । एक हजार मानिसमा गरेको यस अध्ययन अनुसन्धनका क्रममा पत्ता लागेको तथ्य अनुसार जुन जोडी कुनै कुरामा आफ्नो साथीसँग झगडा गर्छन् उनीहरु अन्य जोडीको तुलनामा १० गुणा धेरै खुसी रहन्छन् ।

जीवनसाथीसँगको कुराकानी वा झगडापछि रिसाएर एक्लै बस्नेहरुको तुलनामा झगडा गर्नेहरुबीचको सम्बन्ध थप राम्रो हुन्छ । अध्ययनका मुख्य लेखक जोसेफ ग्रिनिका अनुसार केही जोडी महत्वपूर्ण र संवेदनशील कुरामा आफ्ना साथीसँग यस्ता झगडा गर्नबाट टाढा भाग्छन् ।उनीहरुलाई लाग्छ कि यस्ता विषयमा विवाद गर्दा जीवनसाथीसँगको सम्बन्ध टुट्न जान्छ ।

तर अध्ययनमा सहभागी भएका ५ मध्ये ४ मानिसले पार्टनरसँग सम्बन्ध खराब हुनुको खास कारण राम्रोसँग कुराकानी नहुनु हो । तर ग्रिनिले बताए अनुसार केही जोडीले आफनो भावनालाई ठीक रुपमा बुझ्न सक्दैनन् । उनीहरुलार्ई कुन स्थितिमा कस्तो खालको व्यवहार गर्न आवश्यक छ भन्ने हेक्का वा जानकारी नहुँदा समस्या उत्पन्न हुने गरेको छ । खराब सम्बन्धको सबै दोष साथी माथि लागाइदिन्छन् जसका कारण समस्या थप जटिल बन्न जान्छ ।

यस अध्ययनबाट पत्ता लाग्छ कि आफ्नो भावनालाई आफ्नो साथीसँग शेयर गर्नु र केही कुरा नराम्रो लागेमा पार्टनसँग झगडा गर्नाले सम्बन्ध कमजोर हुन्न बरु मजबूद हुन्छ । सिर्फ सम्बन्धमा विश्वास तथा प्यार आवश्यक छ ।

प्रतिक्रिया