इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम मुद्दा प्रकरणः आज पनि भएन सुनुवाई

८ पेसीमध्ये ६ स्थगित, १ हेर्न नमिल्ने, १ नभ्याइने


काठमाडौं । आठौंपटक पेसी चढेको नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन ।

यसअघि पनि ५ पटकसम्म स्थगित गरिएको मुद्दामा शुक्रबार पनि विपक्षी कानुन व्यवसायीबाट स्थगितका लागि माग भएबमोजिम मुद्दाको सुनुवाई हुन नसकेको हो ।

हालसम्मको ८ पटक तोकिएको पेसीमा उक्त मुद्दामा ६ पटकसम्म स्थगित गरिएको छ भने १ पटक हेर्न नभ्याईने र १ पटक हेर्न नमिल्नेमा परेको छ ।

शुक्रबारका लागि सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ ।

 

प्रतिक्रिया