

आर्कषक तलवका साथ दुबईमा ५५० नेपाली कामदारको माग

काठमाडाैं – दुबईको २ कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबईको Empower Employement Services र Tamayaz Employment Service LLC कम्पनिले (Steel fixer,S/Carpenter,Mason,Helper/labour,reinforcing fitter) पदका लागी ५५० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै कामदारले कम्पनी नियम अनुसार वार्षिक बिदा पनि पाउने छन् । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित २५ हजार देखि ३८ हजार माथि रहेको छ । इच्छुक कामदारले Kangaroo Human Resources काे कार्यालय बित्तीसपुतलीमा भदौ १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेहोर्ने पर्नेछ ।
यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

